Menu

'अपतन': स्वाधीनतातर्फ एक फड्को

दोस्रो विश्वयुद्धपछि सम्पूर्ण विश्वभरि नै परिवर्तनको हावा चलिरहेको बेला १५ अप्रेल १९४७ मा चारजना मित्रहरू - तीनजना युवा र एकजना केही पाको उमेरका व्यक्ति – गान्तोकस्थित एउटा सानो कोठामा भेला भए।  औपनिवेशिक शासनबाट स्वाधीनताको प्रतिज्ञाले त्यस समूहको कल्पनालाई उत्साहित तुल्यायो। तिनीहरू प्रत्येकले हातमा कागज लिए अनि तत्कालीन सिक्किममा अस्तित्वमा रहेको व्यापक निरक्षर समाजमा, एउटा असामान्य क्रियाकलापमा तिनीहरू तल्लीन भए। तिनीहरूले एक-एक गरेर आफ्ना प्रस्तुतिहरू - कविता, कथा र हास्य टुक्राहरू पनि पढ़ेर सुनाए। प्रत्येकको प्रस्तुतिलाई अरूहरूले ध्यान दिएर सुने अनि त्यसपछि आजीवनका लागि प्रकट भइरहेका महत्त्वपूर्ण परिवर्तनहरूको निम्ति साहित्यको महत्त्वमाथि लामो समयसम्म चर्चा-परिचर्चामा उनीहरू संलग्न भए। स्पष्ट रूपमै त्यो ती पुरुषहरूको एउटा समूह थियो जसलाई स्वतन्त्रता र समानताका विचारहरूले प्रबल रूपमा स्पर्श गरेका थिए। समाजहरू शताब्दियौँदेखि जुन जगमाथि टिकेका थिए त्यो जगबारे नै जताततै प्रश्नहरू तेर्सिए। एउटा असल भविष्यको प्रतिज्ञा निहित भारतको स्वतन्त्रता आन्दोलनको असर सिक्किम र नेपालमाथि पनि गहिरो रूपमा परेको थियो। निरक्षरता र भोकमरीको अन्धकारले छोपिएका मानिसहरूको जीवन कठिन थियो, तरैपनि कठिन श्रम र दासत्वबाट स्वतन्त्रता पाइने आशा थियो।

त्यही चर्चाको क्रममा, एउटा साहित्यिक सङ्गठन स्थापित गर्ने विचारले जन्म लियो। त्यही नै साहित्यिक समूह ‘अपतन’-को थालनी थियो। जुन सामन्तवादी समाजमा स्वतन्त्र सोचमाथि शङ्का गरिन्थ्यो त्यो समाजमा त्यो एउटा सानो तर महत्त्वपूर्ण कदम थियो। यस भावनामा, त्यस समूहका पाको सदस्य तुलसीबहादुर छेत्रीले आफूहरूले एउटा समाज गठन गर्नुपर्ने सल्लाह दिए जुन समाजले साहित्यिक सोच राख्ने मानिसहरूलाई एकअर्कासमक्ष ल्याउँथ्यो, अनि तिनीहरूमध्ये प्रत्येकको नामको प्रथम वर्णहरूको मेलबाट त्यस समाजको नाम राखिने निर्णय लिइयो।  यसरी  अगमसिंह तामाङको पहिलो वर्ण ‘अ’, पदमसिंह सुब्बाको ‘प’, तुलसीबहादुर छेत्रीको ‘त’ अनि निमा वाङदी लेप्चाको ‘न’ वर्ण लिएर ती वर्णहरूको संयोजनले त्यस संस्थाको नाम ‘अपतन’ राखियो।  ‘अपतन’ शब्दको अर्थ हुन्छ ‘पतन नहुने’ अर्थात् ‘अविनाशी’ वा ‘शक्तिशाली’। शायद, त्यो समूहलाई यस कुरामा विश्वास थियो कि तिनीहरूले त्यो सानो कोठामा जुन कुरालाई अघि बढ़ाइरहेका थिए, त्यो एउटा विचार थियो जुनचाहिँ अविनाशी थियो, अर्थात्- सिक्किममा साहित्यिक रचनात्मकता र समाजबीचको सम्बन्ध।

Agam Singh Tamang

अगमसिंह तामाङ नाम्चीबाट आएका थिए। उनी एकजना शक्तिशाली ‘मुक्तियार’ अर्थात् बगानका प्रबन्धक थिए। तिनी कलिलै उमेरमा अनाथ भएका थिए अनि तिनलाई तिनकी काकी र बाजेबोजूहरूले हुर्काएका थिए। नाम्चीमा बुनियादी शिक्षा प्राप्त गरेपछि तिनलाई हजुरबुवाले दार्जिलिङ गभर्न्मेन्ट स्कूलमा अध्ययन गर्न पठाए। तिनी शीतकालीन बिदामा घर आउँदा नानीहरूलाई गीत गाउन सिकाउँथे।  तिनी आफै गीतहरू लेख्थे अनि गीतहरू सङ्गीतबद्ध गर्थे। वास्तवमा, तिनका साथी चन्द्रदास राई सम्झना गर्दै भन्छन्, ‘तिनी एकजना गायक थिए अनि हार्मोनियम लिएर बसेपछि जति खुशी हुन्थे त्यति खुशी उनलाई अरू कुनै कुराले दिन सक्दैनथ्यो। कक्षाको पढ़ाइ सकेर तिनका साथीहरू बाहिर गई खेल्न थालेपछि तिनीचाहिँ सङ्गीतमा तल्लीन हुने गर्दथे।’ 

पदमसिंह सुब्बाको जन्म ११ सेप्टेम्बर, १९२३ मा पश्चिम सिक्किमको टिम्बुरबोङ गाउँमा भएको थियो। तिनका पिता एकजना ‘मण्डल’ (गाउँका मुखिया) थिए जसले शिक्षाको महत्त्व बुझ्थे अनि तिनले छोरा पदमसिंहलाई पढ़ाउन दार्जीलिङको स्कूलमा पठाए। तिनले बीए र बीटी पूरा गरे। चन्द्रदास राई आफ्नो पुस्तक ‘नेपाली साहित्यको फूलबारीमा चन्द्रदास राईको एउटा फूल’-मा ‘अपतन साहित्य परिषद’ शीर्षक अध्यायमा लेख्छन्- ‘तिनको शिक्षापछि पदमसिंहले गरीब र उत्पीड़ित व्यक्तिहरूबीच शिक्षा फैलाउनका लागि आफ्नो समय खर्चिन थाले, अनि धनको खोजीमा जीवन बिताउनुभन्दा बरु तिनीहरूलाई संवृद्धि र विकासतर्फ डोऱ्याएर लगे।’  पदमसिंह लिम्बू भाषाको विकासमा समर्थन दिन पनि सहायक बनिए।  तिनले ४० वर्षसम्म एकजना शिक्षकको रूपमा अनि सिक्किम सरकारको शिक्षा विभागमा काम गरे। तिनी आफ्ना विद्यार्थीहरूको सफलता र प्राप्तिहरूमा ठूलो गर्व गर्थे। तिनका योगदानहरूको निम्ति तिनलाई सन् १९८९ मा भानुभक्त पुरस्कारले सम्मानित गरियो जुन पुरस्कार तिनलाई सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीद्वारा प्रदान गरिएको थियो।

P. S. Subba (second from left) with Tulsi B. Chettri and Ram Datta

दर्शनशास्त्र पढ़ेपछि पदमसिंहलाई भाषाको प्रकृतिमा पनि गहिरो रुचि जाग्यो। जब तिनलाई दार्जीलिङको भानुभक्त स्कूलमा एउटा सानो वार्ता राख्न आग्रह गरिएको थियो त्यसबेला थाहा पाइएको भाषामा तिनको दखल अनि विचारको स्पष्टता नै उक्त कुराको प्रमाण थियो। तिनी ‘केही’ शब्दको अर्थबारे बोले। तिनले भने, शब्दहरूको अर्थलाई व्यक्त गर्नु सजिलो छैन। जुन सन्दर्भ र दृष्टिकोणमा बोलिएको छ त्यसैअनुसार शब्दहरूको अर्थ बद्ली हुने गर्दछ। एउटा उदाहरणको रूपमा, ‘केही’ शब्दको अर्थ ‘एकभन्दा बढ़ी’ हुनसक्छ, यसले ‘दुइ’ भन्ने अर्थ पनि दिनसक्छ तर यसले ‘एक हजार’ आदि अर्थ पनि दिनसक्छ। यसरी तिनले ‘केही’-जस्तो सरल शब्दको विपुलता र जटिलताबारे व्याख्या गरे। 

‘अपतन’ गठन गर्न सहमत भएपछि त्यो समूहले केही सरल नियमहरू बनाएको थियो। यो सङ्गठन स्थापना गर्नुको कारण थियो तिनीहरूका सिर्जनात्मक उद्गारहरू एकअर्कासित आदान-प्रदान गर्नु अनि समाज र साहित्यबीच रहेको सम्बन्धको खोजी गर्नु।

तुलसीबहादुर छेत्री दार्जीलिङबाट आएका थिए अनि तिनले केही वर्षसम्म नाम्ची सरकारी विद्यालयका प्रधान अध्यापकको रूपमा काम गरे। तिनले गान्तोकस्थित टाशी नामग्याल एकाडेमीमा पनि निरन्तर पढ़ाइरहे अनि पछि दार्जीलिङ गए जहाँ तिनले शिक्षण र लेखन जारी राखे।

‘अपतन’ समूह शुरु गरिँदाको महत्त्वपूर्ण समयमा निमा वाङदी लेप्चा पनि एकजना सहभागी थिए। ‘अपतन’ नाम राख्नका लागि तिनको नामबाट पनि पहिलो वर्ण ‘न’ लिइएको थियो। तिनीबारे यति नै जानकारी पाइएको छ।

‘अपतन’ गठन गर्न सहमत भएपछि त्यो समूहले केही सरल नियमहरू बनाएको थियो। यो सङ्गठन स्थापना गर्नुको कारण थियो तिनीहरूका सिर्जनात्मक उद्गारहरू एकअर्कासित आदान-प्रदान गर्नु अनि समाज र साहित्यबीच रहेको सम्बन्धको खोजी गर्नु। तिनीहरू कुनै चुनिएको विधा - कविता, कथा, निबन्ध अथवा हास्य टुक्राहरूसमेतमा मौलिक रचनाहरू साझा गर्न प्रत्येक शनिवार भेला हुने गर्दथे। मौलिक लेखन ल्याउन विफल भएको व्यक्तिले दण्डस्वरूप समूहको निम्ति चिया र खाजा किन्नुपर्ने हुन्थ्यो। साहित्यमा रुचि राख्ने सबैका लागि सदस्यता खुल्ला राखिएको थियो।

वार्षिक प्रतिवेदनमा ‘अपतन’-का अध्यक्ष पदमसिंहले लेखेः ‘साहित्यको विकास गर्नु भनेको समाजलाई शक्ति दिनु र देशको सुन्दरता बढ़ाउनु हो। साहित्यले मानवताको विजय र सुन्दरताको व्याख्या गर्दछ। साहित्य नै छैन भने हाम्रो चिन्हारीको अर्थ नै के रहन्छ र?’

दार्जीलिङमा आएका राजनैतिक परिवर्तनहरूले पनि यी युवा लेखकहरूमाथि प्रभाव पारे। त्यो समूहले राष्ट्रियतावाद र स्वतन्त्रताको दोहोरो विचारलाई निकट भविष्यमा प्राप्त गर्नसकिने लक्ष्यहरूका रूपमा मान्यता दियो। अगमसिंहको कविता ‘प्याट्रिअटिक ट्र्याभलर’-ले स्वतन्त्रताको ऐच्छिक लक्ष्य अनि सङ्घर्षरत् देशभक्तहरूले सामना गरिरहेका कठिनाइहरूबारे बताउँछ। यस कवितामा, यस्तो यात्रीका कठिनाइहरूबारे बताउँदा कविले त्यो यात्रीलाई स्वतन्त्रता र राष्ट्रियतावादका किनारहरूसम्म नपुगेसम्म हिम्मत नहार्नू भनी प्रेरित गर्दछन्।

एकजना शिक्षक छँदा अगमसिंहले आफ्ना विद्यार्थीहरूलाई पनि सम्बोधन गरेर कविताहरू लेखे। गान्तोक छोड़ेर नाम्ची गइरहेका बेला तिनले आफ्ना विद्यार्थीहरूलाई छोड़ेर जान लाग्दा तिनलाई लागेको दुःख व्यक्त गर्दै एउटा बिदाइ कविता लेखे जसमा संवेदनशील र अनुशासित हुनुको महत्त्वबारे तिनीहरूलाई बताउँछन्। ती विद्यार्थीहरूलाई समर्पित उक्त कवितामा तिनी खेल र पढ़ाइबीच सन्तुलन राख्नुको महत्त्वबारे पनि शिक्षा दिन्छन्।

तुलसीबहादुर नेपाली भाषाप्रति तिनको प्रेमको निम्ति सुपरिचित थिए। आफ्नो कविता ‘मातृभाषा’-मा तिनी मातृभाषाको महत्त्वबारे धैर्यपूर्वक लेख्छन् जसको जलमा हृदय प्रफुल्लित भई पौड़िन्छ। यस कवितामा तिनी मातृभाषाद्वारा व्यक्त गरिने कुराहरूमा प्रत्येक शब्दको जुन मिठास हुन्छ अनि  हाम्रो मनमा गर्व र लज्जा दुवै बसाल्ने जुन शक्ति हुन्छ त्यसबारे  बताउँछन्। तिनी यो कविता ‘प्रिय नानीहो, हाम्रो मातृभाषालाई नबिर्स’ भन्ने वाक्यसितै समाप्त गर्दछन्।

सन् १९५२ मा ‘अपतन’-कै तत्त्वावधानमा सिक्किमको गान्तोकस्थित ह्वाइट हलमा पहिलो साहित्यिक भेला आयोजन गरिएपछि यस प्रतिष्ठानका कामकुराहरू तेज गतिमा अघि बढ्दैगए।

विलम्ब गर्ने लेखकहरूलाई तुलसीबहादुर कोमल हृदयको स्वरमा सल्लाह दिँदै तिनीहरूको लेखन-कौशलबारे रहेका शङ्काहरूलाई हटाउन, अघि बढ्नुपर्ने तिनीहरूको कर्तव्यबारे सोच्न, कायरतापूर्ण मार्गहरूलाई त्याग्न अनि केवल लेख्न भनी आग्रह गर्दछन्।

ती दिनहरूमा मुद्रण उपलब्ध थिएन अनि त्यो समूहले भूपाल लामिछानेलाई चुन्यो जसको हस्तलेखन खूबै सुन्दर थियो। ‘अमूल्य रत्न’ नामक पत्रिकाको निम्ति उनीहरूका रचनाहरू सावधानीपूर्वक सम्पादन गरिएपछि भूपाल लामिछानेले आफ्नो सुन्दर हस्तलेखनमा लेखेर सारिदिन्थे। त्यस पत्रिकाका धेरै अङ्कहरू भूपालकै हातले लेखिएका थिए।

सन् १९५२ मा ‘अपतन’-कै तत्त्वावधानमा सिक्किमको गान्तोकस्थित ह्वाइट हलमा पहिलो साहित्यिक भेला आयोजन गरिएपछि यस प्रतिष्ठानका कामकुराहरू तेज गतिमा अघि बढ्दैगए। नेपाली साहित्यका दिग्गजहरू, जस्तै- लेखनाथ पौड्याल, बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटासहित अपतनका सदस्यहरू रश्मिप्रसाद आले अनि प्रसिद्ध व्यक्तिहरू, जस्तै- काशीराज प्रधान आदि उक्त दुइदिने साहित्यिक शिखर वार्तामा उपस्थित थिए। त्यसका परिणामहरूमध्ये एउटा परिणाम थियो काशीराज प्रधानद्वारा सम्पादित एवम् प्रकाशित ‘कञ्चनजङ्घा’-को प्रकाशनको थालनी। त्यसको पहिलो संस्करण १५ अगस्त १९५७ मा प्रकाशित भएको थियो।

‘अपतन’-को मुख्य सरोकार साहित्य र समाजबीचको महत्त्वपूर्ण सम्बन्धलाई विशिष्ट रूपमा दर्शाउनु थियो। सिक्किममा पहिलो पुस्ताका साक्षरहरूले यी विचारहरूसँग जुझ्दा आइपर्ने बाधाहरूलाई ध्यानमा राख्दै एउटा अशिक्षित र पछौटे समाजमा आफैलाई अभिव्यक्त गर्ने र ती विचारहरूलाई फैलाउने उनीहरूको उत्साहले जोसुकैको मनलाई आश्चर्य र कृतज्ञताले भरिदिने गर्दछ। यस्तै कृतज्ञताको एउटा सङ्केतस्वरूप नाम्चीमा एउटा सड़कको नाम ‘अपतन’ राखिएको छ।

अनुवादक: प्रदीप रसाइली

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ


The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram