Menu

सिक्किम परियोजना: भूमि र यसको बासिन्दा

पचासको दशकमा राबोङ्ग (अब राबङ्गलाको रूपमा जानिन्छ) मा हुर्केका हामी। कथाहरू हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा थियो। धेरै सैनिकहरू दोस्रो विश्व युद्धबाट फर्केका थिए र हामी उनिहरूको कठिन परिस्थिति र उनिहरूले झेल्न परेका खतराहरूको कुराहरूबाट मोहित भएका थियौँ। कोही बेला मेरो बडा, जो मध्य पूर्व र इटाली जानुभएको थियो, उनले एउटा लामो कपडाको थैली र त्यसभित्रको सामग्री निकाल्नु हुन्थ्यो। हामी विदेशी सिक्काहरू, उनका पदक र रिबनहरूलाई अचम्म मानी हेर्थ्यौँ।

यो परियोजना सिक्किममा कफी टेबल किताबहरूका एक श्रृंखलाको प्रकाशनको उद्देश्यसँग शुरू भएको थियो, यसको मुख्य विचार चाहिँ सुखद अनि रमणीय चित्रणहरू र प्राकृतिक सौन्दर्य वर्णनको निरस निरन्तरता तोड्न, र त्यसको साटो नलेखिएका-नभनिएका कथाहरू प्राप्त गर्ने रहेको हो। मानिसहरूको जीवन, उनीहरूका सपना र उनीहरूका सङ्घर्षलाई गहिरो रुपमा जान्नका लागि, हामीले सिक्किमको हरेक क्षेत्रमा यात्रा गऱ्यौँ, अनगन्ती मानिसहरूको साक्षात्कार गरी उनीहरूका कथा सुन्यौँ। हामीले यी वार्तालाप, हाम्रो अनुसन्धान र पठनसँग संगलग्न गऱ्यौँ।

हाम्रो सडक यात्राले यस भूमिको सौन्दर्य दर्शाउनका साथ-साथै विशाल पूर्वाधार परियोजनाहरूद्वारा गरिएको विनाश पनि देखाएका थियौँ। हामीले माथिल्लो जङ्गुमा मान्ताम तालको गठन देख्यौँ, जहाँ हामीलाई भनिएको थियो की सडकको सात घुम्ति घरहरूसँगै डुबेको छ। विशाल पहिरोले गर्दा बाटो विपरित उभेका पहाडमा हुन पुगेको क्षति देख्यौँ जसको कारण पानी बग्न नपाएको हुँदा त्यहाँ एउटा ठुलो ताल बनिएको थियो। चुङ्थाङ्गको मानिसहरूसँग कुरा गर्दा, उनीहरूले ती पृथ्वी नै हल्लाउने र जताततै धुलो उडाउने भयानक आवाजले ठूलो प्रभाव पारेको कुरा बताए। त्यसै गरी, लाचुङ्ग र लाचेनको परिदृश्यको मध्यबाट ड्राइभिङ् गर्दै जाँदा हामीले भयानक विनाश देख्यौँ। सन् २०२३ को अक्टोबर ४ मा ग्लेसियर लेक विस्फोट (जीएलओएफ) सबैभन्दा खराब दुःस्वप्न थियो जुन चुङथाङको सबैभन्दा ठूलो बाँधको विनाशले अझ बढाएको थियो। बङ्गाल र बङ्गलादेशको सिमाना पार गर्दै नदीको छेउछाउमा यो त्रासदी फैलिएको थियो। शक्तिशाली हिमालयले अत्यन्तै नाजुक भूमिलाई झुक्याउँदछ। शक्तिशाली हिमालय अत्यन्त नाजुक भूमिमा उभिएको थियो।

सिक्किम परियोजनाको उद्देश्य: यो भूमि र यसका मानिसहरु यस भूमिको भौतिक सुन्दरतालाई उजागर गर्नको लागी हो र कसरी प्रकृति र यसको स्थितिले विभिन्न समुदायहरुको पहिचानको गठनमा एक महत्वपूर्ण भूमिका निर्वाह गरेको छ

हाम्रो यात्रामा, राम्रा कथाहरूको सुनौलो श्रृङ्खला जारी रह्यो।  हाम्रो आयोजकको प्रतिक्षा गर्दै गर्दा म देवमायासँग कुराकानी गर्न पुगेँ जसले मलाई श्रीजङ्गाको कथा सुनाईन्। एक रात, ग्याङ्ग्यापबाट लिमचोङ्ग फर्किँदै गर्दा, लगातार परिरहेको वर्षाको कारण पहिरो गएको हुँदा हामी अघि बढ्न सकेनौँ। त्यसो हुँदा हामीले रात बिताउन योक्सम फर्कने निर्णय गऱ्यौँ तर त्यहाँ पनि अर्को भूस्खलनले हाम्रो बाटो अवरुद्ध गरेको थियो। सौभाग्यले, हामीले एक दयालु परिवार भेट्यौं जसले हामीलाई रात बिताउन आश्रय दिए र भोलिपल्ट बिहान उनीहरुका कथाहरु सुनी हामी धेरै बेर भुल्लियौ र यी कथाहरुले अन्ततः हाम्रो कथा संग्रह मा आफ्नो बाटो बनायो।

सिक्किम परियोजनाको उद्देश्य: यो भूमि र यसका मानिसहरु यस भूमिको भौतिक सुन्दरतालाई उजागर गर्नको लागी हो र कसरी प्रकृति र यसको स्थितिले विभिन्न समुदायहरुको पहिचानको गठनमा एक महत्वपूर्ण भूमिका निर्वाह गरेको छ साथै एक अर्का संग उनीहरुको सम्बन्ध र आफ्नो सिमाना भन्दा बाहिरको संसारको अन्वेषण गर्नको लागि हो। हामी ती मानिसहरुको ध्यान आकर्षित गर्न खोजी रहेका छौ जो यो भूमिमा अन्तरनिहित छन्, उनीहरुको इतिहास, आकांक्षा, संघर्ष र विजय छ।

अन्तमा, द्विभाषी परियोजनाको लागि इन्टरनेट प्रदान गर्ने निर्णय, महामारीको स्थिति, यसको भय र अचलता द्वारा प्रतिबन्धित एक विश्वस्त र उपयुक्त छनौट हो।यो अनलाइन ढाँचाले, यस परियोजनालाई किताबको दुई आवरण भन्दा धेर अघि बढ्ने अनुमति दिनेछ भन्ने हामी आशा गर्दछौं। यो ठाउँ पुर्ण रुपले खुल्ला हुनेछ र धेरै पाठक र योगदानकर्ताहरुले आफ्नो विचार व्यक्त गर्न र कथाहरु साझा गर्न सक्ने छन्।  

वेबसाइट को पहिलो संस्करण फेब्रुअरी २५, २०२२ मा प्रकाशित "Legacy of a Brew: Temi Tea Garden" लेखको साथ समाप्त भयो। नयाँ संस्करणले हाम्रो इतिहास, संस्कृति र समसामयिक मुद्दाहरूको अन्वेषण गर्ने सीमित संख्यामा योगदानकर्ताहरूको साथ एक महिनामा दुई लेखहरू उत्पादन गर्यो। ।

वेबसाइटले टोलीको आकारमा यसको स्थापना पछि केही परिवर्तनहरू देखेको छ। सलिल चतुर्वेदी जो एक समय हाम्रो उद्यमको आधार थियो अब एक मैत्री, सतर्क नजर राख्छ र परामर्श को लागी खुला छ। कुर्सोङकित लेप्चा, हाम्रो कार्यक्रम सहयोगीले हामीलाई अगस्ट २०२३ को अन्त्यमा आफूलाई रुचि भएको क्षेत्रमा थप अध्ययन गर्न छोड्दै हुनुहुन्छ। उनी क्याम्ब्रिज विश्वविद्यालयको होमरटन कलेज २०२३-२४ मा शिक्षामा एमफिल कार्यक्रममा सहभागी हुनेछिन्। उहाँको सफलताको कामना गर्दछौं ।

गत वर्ष हामीसँग सामेल हुनुहुने डा. मोना क्षेत्रीले एउटा अविश्वसनीय सहयोग गर्नुभएको छ र अहिले चाँडै नै एउटा रोमाञ्चक परियोजनाको लागि मार्ग प्रशस्त गर्दैछ। भर्खरै दार्जिलिङका अनुसन्धानकर्ता विभूषा राई अनुसन्धान र सम्पादकीय सहयोगको रूपमा सामेल हुनुभयो। हामी आगामी महिनाहरूमा थप लेखहरू र भिजुअलहरू ल्याउनको लागि तत्पर छौं। हामी हाम्रा पाठकहरूलाई पनि योगदान गर्न र वेबसाइटलाई समावेशी र सहभागितामूलक परियोजनाको रूपमा रूपान्तरण गर्न आग्रह गर्दछौं।

- प्रभा राई

संस्थापक: Sikkim Project; The Land And Its People & The Reading Room Resource Centre

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram