Menu

रिडिङ रुम, नाम्ची

अवकास र यसको प्रस्तुतीकरणको रूपमा वेबसाइट बाहेक, रिडिङ रुमसँग अर्को महत्त्वपूर्ण अवयव पनि जोडिएकोछ, जसको अवधारणा गतवर्ष तैयार गरिएको थियो। अन्यत्र पनि लाभ पुऱ्याउने कार्यक्रमका रुपमा "रीडिङ फर जोय" (आनन्दका निम्ति पठन) दक्षिण सिक्किमको आसाङथाङ् र सालघारी वरपरका चारवटा विभिन्न सरकारी विद्यालयहरूसँग मिलेर काम गर्न थालिएको छ।

हाम्रो अवलोकन र आरआर भ्रमण गर्ने बालबालिकाहरूसँगको अन्तरक्रिया मार्फत, हामीले तिनीहरूमध्ये धेरैजसोलाई पढ्न कठिनाइ भएको पायौँ। तसर्थ, "रिडिङ फर जोइ" (आनन्दको लागि पढाइ) कार्यक्रमको उद्देश्य पुस्तकहरूप्रति प्रेम जगाउनु र उनीहरूको पठन र लेखन सीप सुधार गर्नु हो। यस्ता बालबालिकामा किताब पढ्ने रुचि बढेको छ । आरआर मा आउन नसकेका बालबालिकाहरूलाई पनि यस्तै कार्यक्रम विस्तार गर्न आवश्यक छ, हामी अब सम्सपर्हक अनि कार्य गर्दै र उनीहरूका विद्यालयहरू मार्फत  बालबालिको ठूलो संख्यासम्ममा पुग्नेछौँ। स्थानीय विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको सहयोग पाउँदा हामी धन्य छौँ।

अर्कोतर्फ, हाम्रो रिसोर्स पर्सन, सुश्री रेश्मा थापा-गुरुङ  टोलीमा आएदेखि आरआर कर्मचारीहरूले पठन सहजकर्ताको रूपमा आफ्नो सीपको सम्मान गर्ने भएका छन्। उनले टोलीसँग धेरै नजिकरहेर काम गरिरहेकी छिन् र उनीहरूलाई उनीहरूको सहजीकरण क्षमतालाई अधिकतम विकास गर्न प्रशिक्षण दिइरहेकी छिन्।

चार विद्यालयका प्राथमिक खण्डका बालबालिकाहरूका बीचमा पठनलाई रमाइलो गतिविधिका रूपमा पुन: परिचय गराएर, हामीले उनीहरूलाई खोज र सशक्तिकरणको आनन्ददायी यात्राका सुरुवातको प्रत्येक संकेत देखाएको देखेका छौँ। तर हामी जान्दछौँ कि हाम्रो यात्रा भर्खरै सुरु भएको छ र त्यहाँ हिँड्नलाई अझ लामो बाटो छ।

 रिडिङ रुम कार्यशालाहरू र अन्य सांस्कृतिक गतिविधिहरूका लागि उपलब्ध छ, यद्यपि ठूला जमघटहरू आवश्यक पर्ने गतिविधिहरूलाई भने अहिले स्थगित गरिएको।

यो वेबसाइट एक रिडिङ रुमको प्रस्तुति हो।

Photo Gallery
(Click to enlarge)

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram